
बिबियु, नारी वाटिका डट्कम
धादिङ -२३ असार ।
धादिङ जिल्ला बेनीघाट–रोराङ गाउँपालिका– ९ जोगीमाराबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
आज वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले उक्त लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
उक्त बसमा जाँच गर्ने क्रममा सोही बसमा सवार यात्रुहरूको साथबाट ७८ हजार चार सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामा हाइड्रोक्लोराइड बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता एवं् सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।
प्रहरीद्वारा बरामद गरिएको लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा सात हजार ८४० वटा स्ट्रिप (प्रतिस्ट्रिप १० क्याप्सुल)फेला परेको हो ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका– ३ का ४१ वर्षिय मोहनप्रसाद कुर्मी र ३५ वर्षिय प्रतिमा देवी रहेका छन् । साथै प्रहरीले उनीहरूको साथबाट लागुऔषधसहित दुई थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस