आज: २०८३ अषाढ २४, बुधबार | Wed, 08, Jul, 2026

बागमतीसहित देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

२०८३ अषाढ २४, बुधबार मा प्रकाशित ( ११ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२४ असार ।

हाल देशभर मनसुनी प्रणाणी सक्रिय छ । मनसुनी वायुको प्रभावले न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ

आज देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज मधेस प्रदेशका केही भूभाग भारी वर्षा तथा तराईका केही स्थानमा धेरै भारी वर्षाको पूर्वानुमान गरिएको छ।

त्यस्तै आज दिउँसो देशभर साधारणतया बादल लाग्ने, हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षाको साथमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने, मधेस र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम वर्षा तथा आज देशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको र आज राति देशभर अधिकांश स्थानमा बादल लाग्ने तथा हिमाली भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम वर्षा हुनेछ।

तर मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम विज्ञान विभागका अनुसार‘ आज साँझसम्म पश्चिम तराई (कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)मा मध्यमदेखि भारी वर्षा हुने, ‘आजदेखि भोलि पूर्वी तराई लगायतका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी रहन आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस