आज: २०८३ अषाढ २४, बुधबार | Wed, 08, Jul, 2026

आज केही स्थानमा आकस्मिक बाढीको जोखिम

२०८३ अषाढ २४, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम

धादिङ -२४ असार ।

आज देशका केही स्थानमा भारी वर्षा हुने भएकोले सो आसपासका क्षेत्रमा बग्ने साना तथा ठुला नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागका अनुसार यसरी प्रभावित क्षत्रहरु कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग,मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले विभागले पुर्वा सुचनासहित जानकारी गराएको हो।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुंदा मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणपट्टी, पश्चिमी भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

विभागका मौसमविद् विनोद पराजुलीका अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी र डडेल्धुरा आसपासका जिल्ला हुंदै बहने स–साना नदीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताउनु भयो।

साथै गएको २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने सबैभन्दा धेरै वर्षा कास्कीको याङ्जाकोटमा ९८(६ मिमी वर्षा मापन गरिएको विभागले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस