
बिबियु,नारी वाटिका डट्कम
धादिङ २५ असार ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा ६० वर्ष पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सामुहिक बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न भएको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती स्वास्थ्य कार्यालयका धादिङका प्रमुख अर्जुन पौडेल कार्यक्रम फोकल पर्सन पद्मराज कैनी ,स्वास्थ्य शाखा प्रमुख यम बहादुर श्रेष्ठ लगायतले उहाँहरुको योगदानको चर्चा गर्नु भएको थियो।
लामो समय देखि समुदायको स्वास्थ्य सुधारमा अहोरात्र खटिँदै आएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निःस्वार्थ सेवा, समर्पण र समुदाय प्रतिको माया स्वास्थ्य कार्यालयद्वारा निकै प्रशंसा गरिएको छ।
कार्यक्रममा समुदायको मातृ तथा शिशु स्वास्थ्य सुधार , स्वास्थ्य सेवाको पहुँच विस्तार र स्वास्थ्य सन्देश सम्प्रेषणमा पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको स्मरण,कदर गर्दै उनीहरुले पुर्याएको योगदान र सेवाको उच्च मुल्याङकन गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस