आज: २०८३ अषाढ २६, शुक्रबार | Fri, 10, Jul, 2026

१० महिनामा जापानमा ७२ नेपालीको मृत्यु,शव नेपाल ल्याउन झनै कठिन

२०८३ अषाढ २६, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ २६ असार ।

अध्ययन भिसामा गएको भएको पनि अन्तत : मुख्य लक्ष्य त रोजगारी कै उदेस्यले भारतपछीको वैदेशिक रोजगारीको दोस्रो गन्तव्य बनेको जापानमा केही महिनायता अत्याधिक रुपमा नेपालीहरुले आत्म हत्या गरी मृत्यु वरण गरेका विदारक घटनाहरु सार्वजनिक भएको छ ।

विशेषगरी अध्ययन भिसामा जामान गएका नेपाली युवा युवतीले पछिल्ला १० महिनामा ७२ नेपालीको मृत्यु भएको हो । जसमध्य २८ जना विद्यार्थीले आत्महत्या गरेका छन्।

उच्च दरको ब्याजमा कुनै व्यक्ति तथा व्यवशायीसंग ऋण लिएर जापान पुगेका नेपाली विद्यार्थीहरू आर्थिक संकट,परिवारिक रुपमा पनि ऋण तिर्नको मानसिक दबाबमा दिन रात नभनी काममा खटिएर बसेका नेपाली विद्यार्थीहरुले आत्महत्या गरेका हुन् ।

अर्को तर्फ लाखौं खर्चिएर जापानमा अध्धयन गर्ने विद्यार्थीहरु अन्य देशमा गएर जापानमा हाँसिल गरेको शिक्षाको कुनै मान्यता समेत नदिने अवस्थाले झनै मारमा पर्ने गरेका छन् । विद्यार्थी भिसामा गएका नेपालीको शव व्यवस्थापन गरी नेपाल ल्याउन अझै जटिल हुने गर्दछ । नेपालबाट जापान पठाउने कन्सलटेन्सीहरु तथा जापामा विद्यार्थी लैजान शैक्षिक संस्थाहरूले पनि शव पठाउने खर्च बेहोर्ने गरेका छैनन् । साथै यस समस्याको उनीले कुनै चासो नै राख्ने गरेका छैनन् ।

१० महिनायता ७२ नेपालीको मृत्यु भएको घटना सार्वजनिक भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि यसै असारको तेस्रो सातासम्म ७२ नेपालीको जनाएको छ । जसमा पनि बिरामी भएर कालगतिले मृत्यु हुनेको संख्या न्यून रहेको छ भने कतिपय मृत्युको कारण खुलाइएको र धेरैजसोमा मृत्युको कारण पत्ता नलागेको छ ।

जापानका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले हालै जापानमा नेपालीहरुको मृत्युका घटना बढेपछि शव व्यवस्थापन निकै जटिल बनेको बताएका छन् । ‘उनका अनुसार कतिपय परिवारका सदस्यले जापानमा नै अन्तिम संस्कार गर्ने गरेका र कतिपयले अन्तिम संस्कार भइसकेपछि मात्रै दूतावासलाई जानकारी दिने गरेको् बताए ।

मृत्यु भएकाहरुको शव नेपाल ल्याउनका करिब १२ लाख रुपैयाँ लाग्छ । शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको शव नेपाल पठाउन लाग्ने खर्चसमेत बेहोर्ने गरेका छैनन् ।

नेपालबाट अध्ययनका लागी विद्यार्थी भिसामा जापान लैजाने शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउने गरेका पनि छैनन् । पछिल्लो केही वर्ष यता जापानका भाषा पढ्नका लागी भन्दै विद्यार्थी भिसामा जापानमा काम गर्न जानेको संख्या बढी छ भने त्यसरी नै विद्यार्थी भिसामा जापान लैजान निकै सहज र कमाई पनि हुने भएकोले कन्सलट्यान्सीहरु पनि थुप्रे खुलेका छन् ।

अर्को तर्फ जापानमा रोजगारीको भिसामा लैजान र जानेलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था पनि छैन । श्रम स्वीकृति नलिएका श्रमिकको मृत्यु भएकामा शव ल्याउन वा व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डले खर्च पनि बेहोर्ने गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस