
नारी वाटिका डट्कम
धादिङ -२८ असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा वर्षा हुनेछ। जस अनुसार आज पहाडी तथा तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी हुनेछ भने केही पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको पुर्वानुमान छ।
अविरल वर्षाको कारण हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस