
बिबियु,नारी वाटिका डट्कम
धादिङ -३० असार ।
धादिङमा एक सुत्केरी (गम्भीर) अवस्थाकी महिलाको उपचारको लागी हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
जिल्लाको निलकण्ठ नगरपालिका वार्ड नं २ चिसापानीकी एक गर्भवती महिलालाई सुत्केरी गराउन धादिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराति सुरक्षित सुत्केरी गराइएको भएपनि बच्चाको अबस्था गर्भावस्था मै गम्भीर रहेकोले बच्चा जन्मने बित्तिकै मृत्यु भएको थियो ।
यससंगै निज सुत्केरी आमाको समेत अवस्था गम्भीर देखिएपछी उनलाई थप उपचारको लागी एम्वुलेन्स मार्फत काठमांडू तर्फ पठाइएकोमा धादिङको गजुरी पुगेपछी उनको अवस्था झनै जटिल बन्दै गएकोले बिरामीलाई काठमाडौं अस्पताल पुर्याउन जोखिम देखिएको थियो ।
त्यसपछी निज सुत्केरी आमाको तत्काल उद्गार गर्न धादिड जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले तत्कालै महिला मन्त्रालयसंग समन्वय गरी थप उपचारको लागि उनलाई निःशुल्क हेलिकप्टरको व्यवस्था गरी सोही मार्फत टिचिङ अस्पताल पुर्याउनमा महत्वपूर्ण भुमिका खेल्नु भएको हो ।
विपन्न वर्गकी निज सुत्केरी आमाको तत्काल र निःशुल्क रुपमा हेलिकप्टरको व्यवस्था गरी थप उपचारका लागी काठमाडौं अस्पताल पठाउन महत्वपुर्ण भुमिका खेल्ने प्र.जि.अ. पाण्ड्य(गौतम)प्रति धादिङका नागरिकले स्वागत गरेका छन् । आशा गरौं निज सुत्केरी तथा बिरामी महिलाको शिर्घ स्वास्थ्यमा सुधार आउनेछ ।












प्रतिक्रिया दिनुहोस