
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२ साउन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिदेखि देशभर मौसमी प्रणाली थप सक्रिय हुने जनाएको छ । पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव बड्दै गएको हो । जसका कारण आज देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले बताएकी छन् ।
केही समयदेखी लगातार भइरहेको वर्षा तथा आज (शनिबार)बाट हुन सक्ने भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा (विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभाग)हरुका पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले नदी,साना तथा ठुला खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस