आज: २०८३ श्रावण २, शनिबार | Sat, 18, Jul, 2026

चलचित्र ‘मास्टर्नी’को गीत विवादप्रति नायिका कार्की र दुर्गेशले माफी मागे

२०८३ श्रावण २, शनिबार मा प्रकाशित ( ५ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२ साउन ।

अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’को गीतलाई नागरिक स्तरबाट निकै आलोचना भएपछी गायक तथा मोडल दुर्गेस थापासहितले माफी माग्दै विज्ञप्ति जारी गरेका छन् । उनीहरुको अभिनय तथा दुर्गेस थापाको ‘मास्टर्नी’ गितले सुक्रबार निकै नेपाली समाज तातेको र उक्त गितबाट उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन्।

नायिका कार्कीले सुक्रबार एक विज्ञप्ति जारी गर्दै गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत ‘मास्टर्नी’ चलचित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि मात्र तयार पारिएको उनको भनाई छ ।

तर कार्कीले यसो भनेपनि उक्त गीत चलचित्र ‘मास्टर्नी’कै लागी तयार पारिएको थियो । सुक्रबार सार्वजनिक भएको चलचित्र ‘मास्टर्नी’ मा प्रयोग भएका गितका केही शब्द र भिडियोका दृश्यले शिक्षक–शिक्षिका पेसा तथा यससँग सम्बन्धित व्यक्तित्वहरु,विशेषगरी महिला शिक्षकको गरिमामा आँच पुगेको भन्दै नेपाल शिक्षक महासंघको तीव्र आपत्तिसहित शिक्षण पेसाको मानहानी भएकोले तत्काल हटाउन माग गर्दै विज्ञेप्ति नै जारी गरिएको थियो ।

नायिका कार्की तथा गायक दुर्गेस थापाले आफूले अत्यन्त गम्भीर रूपमा लिएको र कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित पेसा र व्यक्तित्वप्रति कुनै पनि प्रकारको नकारात्मक असर पार्ने उद्देश्य नरहेको भए पनि प्रस्तुतीका कारण अन्जानमै भावना आहत भएको स्वीकार गर्दै उनले व्यक्तिगत तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट क्षमायाचना व्यक्त गरेकी हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस