
नारी वाटिका डट्कम
डडेल्धुरा -२ साउन ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा भएको बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु भएको छ ।
गएराति धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु(प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुंदा दुइको मृत्यु भएको हो भने जीपका चालकसहित ३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी वर्षका २८ का हनु लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।












प्रतिक्रिया दिनुहोस