आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

गएराति १० बजेबाट नारायणगढ-मुग्लिन-काठमाडौँ सडकमा गाडी चलाउन रोक

२०८३ श्रावण ३, आईतबार मा प्रकाशित ( २ महिना अघि) ३७२१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -३ साउन ।

चितवन जिल्ला प्रशसन कार्यालयद्वारा नारायणगढ(मुग्लिन(काठमाडौँ सडक खण्डमा सञ्चालन हुने सवारी साधनलाई रोक लगाइएको छ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले शनिबार राति भारी वर्षा हुने पूर्वानुमान गरी सुचना जारी गरेसंगै रातिको समयमा झनै पहिरोको जोखिम बढ्ने र यात्रुलाई समस्या पर्ने सम्भावित अवस्थाको मध्यनजर गरी उक्त सडक खण्डमा हुंदै गुड्ने यातायात सञ्चालनमा रोक लगाइएको हो ।

गए रातिदेखी आज (आइतवार)सम्म देशभरमा नै वर्षा हुने छ भने केही जिल्लाका पहाडी ईलाकामा भारीदेखी अति भारीसम्म वर्षा हुने पुर्वानुमान सहित सर्तकर्ता अपनाउन सुझाएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑