आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

केही बेरअघि रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्यूडको भूकम्प गयो

२०८३ श्रावण ३, आईतबार मा प्रकाशित ( १ दिन अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
रुकुम -३ साउन ।

आइतबार साँझ नेपालको रुकुम पूर्व केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज ४ बजेर ३० मिनेटको समयमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का रुकुम पूर्वसहित सो को आसपासका जिल्लाहरुमा पनि केही प्रभाव परेको जनाइएको छ। छिमेकी जिल्ला अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका सर्वसाधारणले भूकम्पको धक्का महशुस गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस