आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

कञ्चनपुरमा सम्पर्क विहिन १४ जना महिला सम्पर्कमा आए

२०८३ श्रावण ४, सोमबार मा प्रकाशित ( १ दिन अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम

कञ्चनपुर -४ साउन ।

कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगलमा गएका १४ जना महिलाहरु सबै सम्पर्कमा आएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटाका १४ जना महिलाहरु आइतबार विहानै देखी सम्पर्क बिहीन भएका हुन्। भीमदत्त नगरपालिका–१९ को दशरथ टोलका महिलाहरू हिजो बिहान ११ बजेतिर च्याउ टिप्न गएका र त्यसपछी सम्पर्क विहिन भएका थिए।

यसरी हराएका मध्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका थिए भने उनीहरु दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी रहेको  प्रहरीले जनाएको छ।

लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपीं) टेकबहादुर रावतले जानकारी दिनु भयो ।

हिजोदेखी सम्पर्क बिहिन महिलाहरु आज परिवारको सम्पर्कमा आएको बताइएको छ। उनीहरु अहिले भर्खरै सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस