
बिबियु,नारी वाटिका डट्कम
धादिङ ५ साउन ।
हाल देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षासहितको हिमपातको सम्भावना छ।
आज पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ ।
आज कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा तथा हिमपातको सम्भमवना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भू-भागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुन सक्नेछ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस