आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

घरायसी विवादमा बौद्धकी युवतीको आत्मदाह प्रयास

२०८३ श्रावण ५, मंगलबार मा प्रकाशित ( २ महिना अघि) ३६९० पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम

काठमाडौं -४ साउन ।

राजधानीको बौद्धमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त घटनापछी गम्भीर घाइते भएक उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको हो।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थाई घर भई हाल बौद्ध बस्दै आएकी ३० वर्षीया सालु गुरुङले आफ्नै खाजा पसलको पछाडि पार्किङमा गई शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिईन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको घरायसी विवाद भएको र सोही विवादका कारण उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑