
बिबियु,नारी वाटिका डट्कम
धादिङ ७- साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको र मधेस, कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ।
आज हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन,चट्याङसहितको मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम हुने महाशाखाकाले जनाएको छ।
यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभरका हिमाली भूभागका एक- दुइ स्थानमा मेघगर्जन,चट्याङसहितको मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका एक- दई स्थानमा मेघगर्जन÷चट्याङसहितको मध्यम वर्षा हुने तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।












प्रतिक्रिया दिनुहोस