
बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ साउन ।
धादिङको त्रिशूली नदीकिनारबाट बालुवा निकालेर विक्री गरी जिविका चलाउदै आएका मजदुरको साबेल र थुन्चे खोसेर प्रहरीद्वारा लखेटिएका छन् ।
वर्षालागेपछि त्रिशूली नदीकिनारमा भेलले बगाएर ल्याई थुप्रिएका बालुवा झिकेर परिवार चलाउँदै आएका करिब ४२ जना मजदुरहरुलाई बुधबार इलाका प्रहरी कार्यालय गजुरीको टोलीले लखेटेका हुन् ।
मजदरुका विरुद्धमा उजुरी परेपछि नदीकिनारमा काम गरिरहेका मजदुरलाई हटाउँदै उनीहरूले बालुवा झिक्नको लागी प्रयोग गर्ने थुन्से, साबेल तथा फलामका डिब्बाहरु सहितका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यनलय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनु भयो ।
कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ उत्खननमा मेसिन प्रयोग गर्न नपाइने तर मानिसलेभनिएको र सो स्थानमा काम गर्ने मजदुरहरुले परम्परागत रूपमा थुन्से र साबेलको प्रयोग गरी उनीहरुले बालुवा निकालेर विक्री गरी परिवारको दैनिक गुजारा चलाउँदै आएका थिए । तर प्रहरीले सबै सामानहरु नियन्त्रणमा लिएको हो ।
यस बारेमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्की संग हामिले सम्पर्क गरेका थियौं ; उहाँले प्रहरी परिचालन गरिएको र मजदुरका सामग्री नियन्त्रणमा लिइएको पुष्टि गर्नु भयो।
उपरीक्षक कार्कीका अनुसार ‘वषादको समयमा नदीमा बाढी आईरहेको कारण यसको जोखिम हुने भएकोले हामीले केही समयलाई बालुवा निकाल्न रोक लगाएका हौं ,” साथै मजदुरहरुबाट नियन्त्रित उक्त सामानहरु पनि वर्षायाम सकिएपछी फिर्ता गरिने बताउनु भयो ।
घटनापछि स्थानीयले प्रहरीको कदमप्रति असन्तुष्टि जनाएका छन्। रातको समयमा मेसिन प्रयोग गरेर हुने अवैध उत्खननमा नियन्त्रण हुन नसकेको अवस्थामा दैनिक श्रम गरेर परिवार पाल्ने मजदुरमाथि कडाइ गरिएको मजदुरहरुले गुनासो गरेका छन्।
तर यस बारेमा जिल्ला प्रशासन कार्यालय धादिङले औपचारिक धारणा सार्वजनिक गरेको छैन।












प्रतिक्रिया दिनुहोस