आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

ON TEST ईभी गाडी त्रिशूली खोलामा खस्यो, चालक बेपत्ता

२०८३ श्रावण १०, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


रसुवा १० साउन ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डबाट ON TEST ईभी गाडी त्रिशूली खोलामा खस्दा चालक बेपत्ता भएका छन्।

शुक्रबार साँझ करिब ५ बजेर ४० मिनेटको समयमा स्याफ्रुबेशीबाट धुञ्चेतर्फ जाँदै गरेको च्यासिस नम्बर र चालकको परिचय नखुलेको उक्त कार दुर्घटना हुदा गाडीसहित चालक त्रिशूली खोलामा बेपत्ता भएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त पछी जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी नायब उपरीक्षक अशोक थापाको नेतृत्वमा १० जना, प्रहरी चौकी स्याफ्रुबेशीबाट ४ जना तथा सशस्त्र प्रहरी बल नम्बर २० गुल्म धुञ्चेबाट सशस्त्र प्रहरी नायब निरीक्षक ईश्वर आचार्यसहित ११ जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

त्रिशुली नदीमा बेपत्ता भएका गाडीसहित चालको खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस