आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

आज केही प्रदेशमा भारी वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण १०, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ४६६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम

धादिङ -१० साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । जसका कारण आज पनि देशभरका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न भुभागमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज पनि बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भुभागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी हालको अवस्थामा प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिम तथा सडक, हवाई यातायात, कृषि, पर्यटन तथा दैनिक जनजीवनमा प्रभाव पार्ने भएकाले पछिल्ला मौसमसम्बन्धी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस