
नवलपरासी-११ साउन ।
नवलपरासी जिल्लाको पूर्वी क्षेत्र गैडाकोट नगरपालिका १० मा अचेत अवस्थामा भेटिएका २ महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार उक्त घटनामा प्रहरीले अनुसन्धान को अघी बढाएको छ ।
आईतबार दिउँसो अ.२ः३० बजेतिर सोही स्थानमा अवस्थित अकलामाई मन्दिर छेउ मै २ जना महिला बेहोस अवस्थामा फेला परेपछी प्रहरीले घटना स्थल पुगेर अचेत महिलाहरूलाई उपचारार्थ स्थानीय नगर अस्पताल लगेको भएपनि चिकित्सकले उनीहरुको मृत्यु भएको घोषण गरेका थिए।
नवलपरासी पूर्व जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बागलुङ जैमिनी ९ घर भई गैडाकोट १२ हर्कपुर बस्ने ३८ वर्षीय कबिता राई र जिल्ला भोजपुर घर भई गैडाकोट १० पितौजीमा डेरा गरी बस्ने अन्दाजी वर्ष ४५ कि कान्छी राई रहेका छन् ।
घटनाको सम्बन्धमा प्रहरीले थप टोली घटना स्थलको आसपासमा खटाई अनुसन्धान भई रहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस