
नारी वाटिका डट्कम
धादिङ -१२ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ।
आज(मंगलबार) हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने भने लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका समुदाय तथा त्यस क्षेत्रमा काम गर्ने सम्वन्धितलाई आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।












प्रतिक्रिया दिनुहोस