
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ साउन ।
नेपालमा लोकतन्त्र ल्याउन एक हिस्सेदार तथा प्रभावशालीि वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । विगत केही समयदेखी उपचारार्थ नेता श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उहाँको निधन भएको हो।
नेपाली काँग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उहाँको निधन भएको पुष्टी गर्नु भएको छ । बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर राखिने भएको छ ।
त्यसपछि वरिष्ठ नेता श्रेष्ठको शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको पार्टी स्रोतले जनाएको छ।












प्रतिक्रिया दिनुहोस