आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

आजको मौसम : देशभर वर्षाको सम्भावना

२०८३ श्रावण १३, बुधबार मा प्रकाशित ( २ महिना अघि) ४००० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश भुभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको कारण आज पहाडी भूभागका धेरै स्थान तथा तराई भुभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भुभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरिएको छ।

साथै आज रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा जारी रहने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑