
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१४ साउन ।
हाल देशभैर मनसुनी वायुको प्रभाव कायमै छ । जसका कारण आज पनि देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसैगरी आज दिउँसो र राति पनि चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली भुभागमा भारी वर्षा हुने सम्भमवना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस