आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

मधेशमा थप चर्कियो अवस्था,सिरहाना एकको मृत्यु, जनकपुरमा ३ हिन्दु बालकमाथी आक्रमण,सर्लाहीमा २५ मोटरसाइकलमा आगजनी

२०८३ श्रावण १४, बिहिबार मा प्रकाशित ( २७ मिनेट अघि) ६५२ पटक पढिएको
नारी बाटिका


सिरहा- १४ साउन ।

पछिल्लो समय आज बिहिबार मधेशमा थप चर्कियो अवस्था,सिरहाना एकको मृत्यु, जनकपुरमा ३ हिन्दु बालकमाथी आक्रमण,सर्लाहीमा २५ मोटरसाइकलमा आगजनी भएको छ । जनकपुरमा तनाव थप चर्किँदा मुस्लिम टोलमा बसोबास गर्ने तीन हिन्दू परिवारका बालकमाथि आक्रमण हदा एकको बालकको अवस्था गम्भीर रहेको छ ।

सुनसरीमा गत आइतबारको घटनामा गोली लागेका अर्का एक युवकको मृत्यु भएको छ । यससंगै उक्त घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने घटनाले सर्लाही र जनकपुरमा थप तनाबको अवस्था सिर्जना भएको हो ।

आज धनुषाको जनकपुरधाम उपमहानगरपालिका–स्थित दशरथनगरको मुस्लिम टोलमा तीन जना हिन्दू समुदायका बालकमाथि साङ्घातिक आक्रमण भएको छ। घटनामा घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको बताइएको छ।

स्रोतका अनुसार निर्दोष ति कलिला बालकहरूमाथि अनावश्यक आक्रमणपछि त्यस क्षेत्रको अवस्था झन जटिल बनेको हो । घटनास्थलमा स्थानीयहरुको ठूलो भिड लागेको र सम्भावित थप अप्रिय घटना नहोस् भन्नाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई घटनास्थलमा परिचालन गरिएको जनाइएको छ।

अहिले घाइते बालकहरु तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। गम्भीर घाइते बालकको सघन उपचार भइरहेको जनाइएको छ। घाइतेहरूको पहिचान तथा घटनाको विस्तृत विवरण भनेहालसम्म सार्वजनिक गरिएको छैन।

यस घटनापछि जनकपुरधाममा साम्प्रदायिक तनाव थप बढेको हो। यसअघि पनि आन्दोलनका गतिविधि भएकाले जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा संवेदनशीलताको लागी जनकपुरको सहरी क्षेत्रमा कर्फ्यु लगाएको छ।

यता सर्लाही जिल्लामा पनि तनाबग्रस्त बनेको छ । यसै घटनालाई लिएर २५ वटाभन्दा मोटरसाईकलहरुमा आगजानी गरिएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नफैलाउन तथा शान्ति–सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिरहेको छ।

उता सिरहाको गोलबजारमा एक जनाको मृत्यु भएको छ।आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस