आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

धार्मिक अगुवासँग रवि लामिछानेको सद्भाव छलफल

२०८३ श्रावण १५, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका। डटकम
धादिङ १५ साउन ।

मधेशमा भएको पछिल्लो घटनामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नको लागी पहल कदमी स्वरुप सत्तारुड दलका सभापति रवि लामिछानेले विभिन्न धार्मिक अगुवासँग छलफल गरेका छन्।

शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गर्दै उक्त क्षेत्रमा देखिएको तनाबपुर्ण अवस्थालाई सान्तिमा परिणत गर्न जरुरी रहेको बताएका छन् ।

सोही छलफलका क्रममा उनले देशका तराई भु-भागका विभिन्न जिल्लामा हालै भइरहेको धार्मिक द्वन्द्धलाई सद्भाव कायम राख्न सबैलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑