
सिरहा १५ साउन ।
केही बेरअघि सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका १५ वर्षीया बालकको घरअगाडि स्थानीय र सुरक्षा टोलीकाबीचमा तनाव उत्पन्न भएको थियो। प्रदर्शनको क्रममा
पिडितको सहयोगका लागी पुगेका गृहमन्त्री सहितको नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधनलाई आक्रासित स्थानीयले मृतकको घर अगाडि घेराउ गरेका हुन्।
गृहमन्त्री सुदन गुरुङ मृतकको परिवारलाई भेट्न आउने भन्ने जानकारी पाएपछी घटनास्थलमा गृह्रमन्त्री पुग्न निकै ढिला भएको भन्दै आक्रोसित स्थानीयले प्रदर्शन गरिएको हो।
गत आईतबार राति भएको सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको हिंसात्मक प्रदर्शनका क्रममा बिहीवार औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय बालक गणेश यादवको मृत्यु भएको थियो।
न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही स्थानीय व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा प्रहरीले नियन्त्रणमा लिइएकोमा उनीहरु थप आक्रोश बनेका छन् भने प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुलाई तत्काल रिहाइ गर्न उनीहरूले माग गरिरहेका छन्।












प्रतिक्रिया दिनुहोस