
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१६ साउन ।
देशभर मनसुनी वायुको प्रभाव कायम छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपासमा रहेकाले आज देशभरका विभिन्न भुभागमा वर्षाको सम्भावना छ।
अहिले लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भई बाँकी क्षेत्रमा साधारणतया बदली रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो देशभर साधारणतया बदली हुने तथा हिमाली भुभागका केही स्थानमा धेरै स्थानमा मध्यम वर्षासहितको हिमपात हुन सक्ने, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली भइ हिमाली,पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस