बिबियु,नारी वाटिका डट्कम
धादिङ -१७ साउन ।
धादिङको गंगाजमुना गाउँपालिका घर भई विगत लामो समयदेखी नीलकण्ठ नगरपालिका–३, धादिङवेशीको मिलनटोलमा बसी दुख जिलो जिबिका चलाउँदै आएका ५० वर्षीय मनु अधिकारी यतिबेला दुर्लब रोग लागेर शक्त बिरामी विगत १ महिनादेखी अस्पतालको बेडमा छिन् ।
लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित अधिकारीको उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले पारिवारिक आर्थिक अवस्था पनि एकदमै कमजोर हुँदा उपचार खर्च जुटाउन कठिन भएको छ।
उनको उपचारलाई निरन्तरता दिन सबै सहयोगी मनहरु, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकसँग सक्दो आर्थिक सहयोग गरिदिन परिवारले हार्दिक आग्रह गरेको छ।
आफ्नो स्वास्थ्य उपचारका लागि कम्तिमा पनि ३० लाख भन्दामाथीको रकम लाग्ने भएको र रकम जुटाउन नसकेपछी सलाइन पानीको भरमा अस्पतालमा रहेको हुंदा आर्थिक सहयोगको अपिल गरेका हुन्।
परिवारका अनुसार उपचारमा हालसम्म ठूलो रकम खर्च भइसकेको छ भने आगामी उपचारका लागि पनि थप उल्लेखीत भन्दा बढी आर्थिक व्यवस्थापन आवश्यक रहेको छ। त्यसैले सहयोग गर्न इच्छुक सम्पुर्ण सहयोगी व्यक्तिहरूलाई मानवीय संवेदनाका आधारमा सहयोग गर्न अनुरोध गरिएको हो।
परिवारले सानो–सानो सहयोगले पनि उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्न सबैमा अनुरोध गरेको छ।
सहयोगका लागी सम्पर्क मोबाइल नंम्वर












प्रतिक्रिया दिनुहोस