आज: २०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

तिन दिनसम्म भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण १९, मंगलबार मा प्रकाशित ( ७ मिनेट अघि) ६८३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ – १९ साउन ।

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मनसुन थप सक्रिय भइ भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार तीन दिन देशका विभिन्न क्षेत्रमा मौसम थप सक्रिय भइ भारी वर्षा हुने देखिएको हो।

विभागद्वारा सोमबार एक विज्ञेप्ति जारी गर्दै आज (मङ्गलबार) कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा मधेश प्रदेशको एक -दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

यसैगरी भोली साउन २० गते (बुधबार)कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू भागका एक -दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले विभागले यी स्थानमा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस