
बिबियु,नारी वाटिका डटकम
धादिङ -२० साउन ।
हाल देशभर साधारणतया बादल लागेको छ । आज हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा ,हिमपातको सम्भावना छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुने जनाएको छ।
यस्तै तराई भूभाग केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको रहेको छ ।
यसैगरी आज राति देशभरमा नै साधारणतया बादल लाग्ने तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासहितको हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन,चट्याङ्ग र मध्यम वर्षा हुने छ।
कर्णाली प्रदेशका पहाडी भूभाग, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भने भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।












प्रतिक्रिया दिनुहोस