आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

‘सरकार भन्छ ग्यास अभाव छैन;,तर उपभोक्ता भने गयाँस नपाएर दिक्क भइसके

२०८३ श्रावण २०, बुधबार मा प्रकाशित ( १ महिना अघि) ३१९४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ- २० साउन ।

हाल बजारमा देखिएको ग्याँसको चरम अभावले उपभोक्ताहरु हैरान भइसकेका छन् । तर उता सरकार भन्छ ग्याँसको कुनै अभाव छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल सामाजिक संन्जालमा देखिएको जस्तो नागरिकहरुलाई खाना पकाउने ग्यासको अभाव नरहेको जनाएको छ ।

मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल नागरिकहरुमा ग्याँस नपाएर हाहाकार भैइरहेको बेला तेसरी भने जस्तो ग्याँसको अभाव नरहेको बताएको हो ।

मन्त्रालयका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल पर्याप्त परिमाणमा ग्यास आयात र वितरण भइरहेको भन्दै अभाव हुने हल्लाका पछि नलाग्न र अनावश्यक रुपमा ग्याँसको सञ्चय नगर्न भनेको छ।

यसै साउन महिनादेखि बजारमा पूरा सिलिण्डर वितरण प्राआरम्भ ग्यास बितरण कार्य हाल आएर ग्याँसको माग एकाएक वृद्धि हुन गएकाले बजारमा केही असहजता देखिएको बताएको छ।

सरकारले भनेको छ बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाइरहेको जनाएको छ ।

यसैगरी मन्त्रालयले ग्यास वितरणमा हाल देखिएको असहजता केही दिनमा समाधान गरिने भएकाले आवश्यकता भए मात्र ग्यास खरिद गर्न सबैमा अनुरोध गरेको छ।

सरकार भन्छ ग्यास अभाव छैन,तर उपभोक्ता भने गयाँस नपाएर दिक्क भइसके । १ सिलिन्डर ग्याँस लिन घन्टौंसम्म लाइन बस्न वाध्य छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस