आज: २०८३ श्रावण २१, बिहिबार | Thu, 06, Aug, 2026

सुनकेशीमा हामफालेको पराजिली दम्पतिको खोजी कार्य जारी

२०८३ श्रावण २१, बिहिबार मा प्रकाशित ( ४३ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ -२१ साउन ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बुधबार साँझ हामफालेका दम्पतीको खोजी पनि जारी रहेको छ।

बुधबार साँझ करिब ६ बजे दोलालघाटको भित्री बजारमा ६८ वर्षीय केदारनाथ पराजुली आफ्नी ६७ वर्षीया पत्नी तीलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर हिँडिरहेको दृश्य स्थानीयले देखेका थिए।

केही समयपछि उनीहरु मन्दिर नजिकबाट सुनकोशीमा दुई जना एकैसाथ हामफालेर बेपत्ता भएका थिए । घटनापछी प्रहरीले उनीहरुको खोजी काय सुरु गरिएको थियो।

घटनालगत्तै प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको प्रहरीको टोलीले नदी क्षेत्रमा खोजी सुरु गरेको थियो भने हाल सशस्त्र प्रहरी समेत र्‍याफ्टिङ बोटसहित दम्पतीको खोजी अभियानमा जुटेका छन्।

स्थानीयका अनुसार बेपत्ता हुने दम्पती सोही वडाको कुन्ताबेसी निवासी थिए भने उनीहरुको एक छोरा, बुहारी, एक नाति, एक नातिनी तथा विवाह भइसकेका तीन छोरीहरु रहेको बताइएको छ । साथै उनीहरु छोराबुहारीसँगै बस्दै आएका थिए।

प्रत्यक्षदर्शीका अनुसार श्रीमती तीलकुमारी पराजुलीलाई बोन म्यारो क्यान्सरबाट पीडित रहेकी र नियमित उपचार गराइरहेकी थिइन्। उनीहरु आफैंले गाडीको व्यवस्था गरी दोलालघाट बजार पुगेपछि केदारनाथले पत्नीलाई पिठ्युँमा बोकेर सुनकोशीतर्फ गएको खुलेको छ।

के कारणले उनीहरू कोशीमा हामफालेर बेपत्ता भए भन्ने विषय अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरीरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस