नारी बाटिका

बिजय राज बिष्ट गोरखा हाल भरतपुर चितवन ।
‘,लो’तान्त्रिक दल नामले मात्र पुग्दैन, लोकतान्त्रिक हुन लोकतान्त्रिक चरित्र पनि बोक्नु पर्छ।लोकतान्त्रिक दलभित्र लोकतान्त्रिक प्रकृया जिबित हुनुपर्छ। समयमा महाधिवेशन, निर्वाचन भयर नेतृत्व चयन हुनु लोकतन्त्रको आधारभूत मूल्य हो।दुर्भाग्यवश, पूर्व सभापति आदरणीय शेरबहादुर देउवा ज्युको कार्यकालमा यो अपेक्षा अनुसार केही हुन सकेन।विचार नमिल्ने शक्तिसँग गठबन्धन गरेर आफ्नै कार्यकर्तालाई बिचार नमिल्ने ,नीति नमिल्ने समूह लाई मत दिन उर्दि गर्नु भो न भातृसङठनहरुको निर्बाचन भयो , संगठन गठबन्धन को नाममा छिया छिया परेको थियो । यस्ता गलत निर्णयहरूले आम कार्यकर्ताको शिर झुकाएको थियो । सभापति ज्यु सीमित व्यक्तिहरूको घेराभन्दा बाहिर निस्कन नसकेको अवस्था पनि स्पष्ट देखिन्थ्यो।
यस्तै प्रवृत्तिका कारण नेपाली कांग्रेसमा संस्थागत लोकतन्त्र कमजोर बन्दै गएको देखियो। केन्द्रीय समिति बैठक पटक–पटक सार्ने, समयमै निर्णय नगर्ने जस्ता काम कार्यवाहक सभापति पूर्णबहादुर खड्काको कार्यकालमा पनि भए। विशेष परिस्थितिमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतजस्ता संवैधानिक निकायले समेत मान्यता दियो तर आज पनि कांग्रेसभित्र विचारको प्रतिस्पर्धाभन्दा पदीय भागबन्डाको प्रतिस्पर्धा बढी देखियो ।
हालका सभापतिज्यूले पार्टी सदस्यता अद्यावधिक गर्ने, डिजिटल प्रणालीमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । धेरै कार्यकर्ताले सदस्यता अद्यावधिक पनि गरे तर व्यवहारमा अझै पनि नेताहरू फूलमाला र भीडभाडमै सीमित देखियो। इमेल, , WhatsApp, Viber लगायतका आधुनिक प्रविधिमार्फत कार्यकर्ता र पार्टी नेतृत्वबीच नियमित संवाद र समन्वय भएको अनुभूति मैले गर्न सकेको छैन।
डिजिटल बन्नुपर्ने केवल कार्यकर्ता मात्र होइन, नेतृत्व पनि प्रविधिमैत्री हुन आवश्यक छ ।लोकतान्त्रिक पार्टीमा कुनै पनि विचार समूह वा नेतामाथि निषेध हुनु हुँदैन। कोइराला, सिटौला, सिंह, खड्का, देउवा वा थापा सबै अट्ने, सबैलाई सम्मान गर्ने कांग्रेस नै सशक्त कांग्रेस हो। ‘कुनै एक पक्षलाई पाखा लगाएर हामी मात्र कांग्रेसू भन्ने सोचले पार्टीलाई बलियो होइन, कमजोर बनाउँछ।
“,त्यसैले आदरणीय सभापतिज्यू तथा पूर्व महामन्त्रीज्यू, कांग्रेसलाई मिलाउनुहोस्। यो पार्टी तपाईंहरूको मात्र होइन, हजारौँ आमा–बुबा, दाजुभाइ तथा कार्यकर्ताको रगत, पसिना र बलिदानले बनेको इतिहास हो। यही आस्था नत्यागेका कारण छानीछानी हत्या गरिएका असंख्य लोकतन्त्रवादीहरूको इतिहास पनि हामीसँग छ।
चारतारे झण्डा र रुख चिन्हलाई विभाजनको प्रतीक होइन, एकताको प्रतीक बनाइराख्नुहोस्। यदि कांग्रेस विभाजित भयो भने त्यसको दाग कुनै एक पक्षलाई होइन, सबैलाई लाग्नेछ।कांग्रेस बच्नुपर्छ। व्यक्ति रहून् वा नरहून्, विचार र संस्था बच्नुपर्छ। थापा, कोइराला, सिटौला, देउवा वा सिंहभन्दा माथि कांग्रेस हुनुपर्छ।
‘सबैलाई जोड्ने कांग्रेसू केवल चुनावी नारा नबनोस्स आफ्नै नेता, कार्यकर्ता र विचारलाई जोड्न नसक्ने पार्टीले देशलाई कसरी जोड्छरु लोकतान्त्रिक दलले केवल सत्ता सञ्चालन गर्ने होइन, आफ्ना आम कार्यकर्ताको भावना बुझ्ने, सम्मान गर्ने र त्यसअनुसार निर्णय लिन सक्ने क्षमता पनि राख्नुपर्छ।काङ्ग्रेस केवल हुने खानेहरूको योगदानले यहाँसम्म आइपुगेको होइन ‘,
“हुँदा खाने, गाउँ–बस्तीका निस्वार्थ कार्यकर्ताको पसिना, त्याग र समर्पणको पनि उत्तिकै ठूलो लगानी छ।त्यसैले सत्ता वा पदको राजनीति भन्दा माथि उठेर आम कार्यकर्ताको विश्वास र भावनाको कदर गरिनुपर्छ। निस्वार्थ रूपमा काङ्ग्रेसलाई माया गर्ने कार्यकर्ताको मन टुट्ने अवस्था दुवै पक्षबाट सिर्जना हुनु हुँदैन। बलियो पार्टी त्यही हो, जहाँ नेतृत्व र कार्यकर्ताबीच विश्वास, सम्मान र संवाद सधैं जीवित रहन्छ।
अन्त्यमा, कांग्रेसले आफ्नो मूल विचार, विधि, नीति र लोकतान्त्रिक संस्कार कहिल्यै बिर्सनु हुँदैन। बलियो कांग्रेस व्यक्तिपूजाले होइन, संस्थागत लोकतन्त्र, विचार र एकताले निर्माण हुन्छ।व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन, र पदभन्दा नीति ठूलो हो भन्ने मूल्य मान्यता लाई कांग्रेसले कहिल्यै बिर्सनु हुँदैन त्यही बाटोले मात्र पार्टी र लोकतन्त्र दुवै बलियो बन्न सक्छन्।
‘रुखका हाँगाहरू फरक हुन सक्छन्, जरा एउटै हुनुपर्छ बुझ्न जरुरी छ ;
लेखक : तत्कालीन माओवादी द्धन्दकालका समययमा मुक्ति सेनाद्वारा आफ्नो युवा अवस्थाका निदोर्ष बुवा गुमाएका द्धन्द प्रभावित परिवारका सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : धादिङ २१ साउन ।












प्रतिक्रिया दिनुहोस