आज: २०८३ श्रावण २२, शुक्रबार | Fri, 07, Aug, 2026

देशभर मनसुनी प्रभाव कायमै,आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

२०८३ श्रावण २२, शुक्रबार मा प्रकाशित ( ४ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२२ साउन ।

हाल देशैभर मनसुनी वायुको प्रभाव कायम रहेको अवस्था छ । सोही कारण आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा भने हिमपातसहितको वर्षा हुन सक्ने सम्भावना छ । तराईका केही स्थानमा पनि वर्षा हुन सम्भावना छ।

यस्तै लगातर भएको वर्षा सँगै आएको बाढी,पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम भएका क्षेत्रका सर्वसाधरणले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै दैनिक रुपमा मौसमसम्बन्धी विभिन्न माध्यमबाट प्रकाशन प्रशारण भएका अद्यावधिक सूचनाको जानकारी लिई सो ेका पालना गर्न पनि महाशाखाले अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस