आज: २०८३ आश्विन ७, बुधबार | Wed, 23, Sep, 2026

नियतमा शंका नभएता पनि काम गर्ने ढंग नपुगेको कुरा सरकार आफैलाई थाहा छैन : मनिष झा

२०८३ श्रावण २२, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) २९१५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं -२२ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले काम गर्दा ढंग पुगेको छैन तर यो कुरा सरकार आफैलाई थाहा नभएको बताउनु भएको छ ।

प्रष्ट र विभेदरहित तवरमा देश र नागरिकका हितमा आवाज राख्दै आउनु भएका सांसद् झाले बालेन नेतृत्वमा राज्य सञ्चालनमा रहेको सरकारले कुनै पनि काम गर्दा ढंग पुर्‍याउन नसकेको धारणा राख्नु भएको हो।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा झाले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका छैन तर पनि राज्य सञ्चालनमा नागरिकमुखी र प्रभावकारी बनाउनु पर्ने बताउनु भयो।

यसैगरी सांसद् झाले लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनु पर्ने बताउनु भयो। उहाँले आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले राज्य सञ्चालनमा समस्या निम्त्याउन सक्ने भन्दै अज्ञानता स्वीकार गरेर सिक्ने संस्कारको विकास गर्नु पर्नेमा सुझाव दिनु भयो।

झाले राज्य सञ्चालका कयौँ कुरा सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सरकारले कमजोरी स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो । तपाईलाई थाहा छैन भने साँच्चिकै तपाईँलाई केही थाहा छैन।

त्यसकारण आफूलाई थाहा नभएको कुरा जान्नुपर्दछ र त्यो कुरा सिक्नुहुन्छ’, साँसद् झाले भन्नु भयो ,‘जुन दिन सोच्नुहुन्छ कि तपाईंलाई सबै कुरा थाहा छ त्यो दिन तपाई समान हुनु हुन्छ । त्यसकारण हामीले हरेक दिन राज्य प्रणालीको सञ्चालनको कुरामा अझै ढंग सुधार्नुर्छ भन्ने लाग्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस