
बिबियु,नारी वाटिका डट्कम
धादिङ-२३ साउन ।
धादिङको नीलकण्ठ नगरपालिका–२, सेउलीमा सवारी दुर्घटनामा परी नेत्रावती डबजोङ गाउँपालिकामा कार्यरत दुइ कर्मचारी घाईते भएका छन् ।
सुक्रबार धादिङबेसीबाट धुवाकोटतर्फ जाँदै गरेको बा १५ च १५७८ नम्बरको जीप र नेत्रावती डबजोङ गाउँपालिकाबाट धादिङ तर्फ आउँदै गरेको बा ००१ ब ५८३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्त्ता तथा सुचना अधिकारी प्रकाश दाहालका अनुसार दुर्घटनामा परी नेत्रावती डबजोङ गाउँपालिकामा कार्यरत इन्जिनियर राजकुमार श्रेष्ठ र सूचना प्रविधि (आईटी) अधिकृत नितिसा दुवाडी घाइते भएको जानकारी दिनु भयो।
घटनापछी घाइते दुवैको धादिङ अस्पतालमा उपचार गरी चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। साथै दुर्घटना बारे थप विवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस