
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२५ साउन ।
सौरमास अनुसार आज साउन महिनाको अन्तिम सोमबार आराध्यदेव भगवान् श्री पशुपतिनाथको पाउमा जल चढाउनका लागि हजारौँ भक्तजनको भिड लागेको छ ।
हरेक वर्ष साउन लागेपछी सोमबारका दिन भगवान शिवको नाउँमा भक्तजनहरु ब्रत बसी पुजा आरधना गर्ने गर्दछन् । साउनमा भगवान पशुपतिनाथमाको पाउमा जल चढाउनका लागी भक्तजनहरु वाग्मती नदीको उद्गमस्थल नजिकै रहेको सुन्दरीजलमा स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथ मन्दिरमा चढाउने बोलबम परम्परा रही आएको छ।
यस वर्षको साउन महिनामा चार वटा मात्रै शोमबार परेको थियो भने आज यस वर्ष साउनको अन्तिम सोमबारका लागि बोलबम धार्मिक संस्थाहरूको आयोजनामा बोलबम यात्रा को लागी भक्तजनहरू आइतबार राति नै सुन्दरीजल पुगेर स्नानलगायतका नित्यकर्म गरी जल चढाउने गरिन्छ ।
हरेक वर्ष जस्तै यस वर्षमा पनि बोलबम यात्रामा १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको बताइएको छ। साथै भक्तजनहरुले रातभर भजनकीर्तन गाएर राति १२ बजेपछि सुन्दरीजलमा स्नान गरी खाली गोडा जल बोकेर पशुपतिनाथ सम्मको यात्रा गर्ने गर्छन्।
बोलबम यात्रीहरूलाई जल चढाउन सहज होस् भन्नका लागि पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। भक्तजनहरूले बासुकी मन्दिर हुँदै उत्तर ढोकाबाट जल चढाउने प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
त्यसमा पनि आज साउनको अन्तिम सोमबार भएको हुनाले देशभरका शिवालय मन्दीरहरुमा भक्तजनहरूको घुईँचो लाग्ने गर्दछ ।












प्रतिक्रिया दिनुहोस