
बिबियु, नारी वाटिका। डटकम
धादिङ २५ साउन ।
निलकण्ठ नगरपालिकाको खानेपानी,सरसफाइ स्वच्छता (WASH -PLAN) तयार गरी कार्यान्वयनमा ल्याउन पञ्चवर्षीय रणनिती योजना निर्माण बैठक सम्पन्न भएको छ ।
नगरपालिका अन्तर्रगतको खानेपानी बोर्डको आयोजनामा नेपाल सरकार संघीय खानेपानी विभागका इन्जिनियर९प्राविधिकहरुको सहजीकरणमा पञ्चवर्षीय रणनिति योजना निर्माण गरिएको हो ।
यही श्रावण २३ र २४ गते “नगर खानेपानी,सरसफाई तथा स्वच्छता सम्वन्धित जिम्मेवार शाखाका कर्मचारीहरु,उपमेयर दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत हरीदत्त कँडेल,१४ वटै वडाका वडाध्यक्ष तथा वडा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी रणनिति योजना तर्जुमा कार्यक्रममा खानेपानी,सरसफाई डिभिजन कार्यालय धादिङका प्रतिनिधी,खानेपानी तथा सरसफाई नगर बोर्डका पदाधिकारीहरु,नगर कार्यपालिकाका संयोजक तथा सदस्यहरु,वडाका निर्वाचित महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
स्थानीय सरकार बन्नु अगावै करिब ७ सय घरधुरीको लागी ल्याइएको धादिङबेशी खानेपानीको योजना हाल आएर नगरपालिका ३ स्थित धादिङवेशी बजारलगायत आसपासका क्षेत्रमा अत्याधिक रुपमा जनघनत्व बढेर करिब ४७ सयको हाराहारीमा घर संख्या पुगि सक्दा पनि उही पुरानो खानेपानीा कै भरमा पिउने पानी वितरण हुदै आएको अवस्था थियो ।
विगत केही वर्षदेखी नै धादिवेशीलगायतका आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव देखिएपछी निलकण्ठ नगर प्रमुख भिमप्रशाद ढुंगानना निवाचित भएर आएपछी खानेपानी,सरसफाई लगायतमा विशेष प्रयासको साथ उक्त समस्याको समाधानका निमित्त निलकण्ठ नगरपालिकाले १० करोड बजेट बिनियोजन गरी हाल खानेपानीको क्षेत्रमा अन्य संघ संस्थाको समेत सहकार्यमा दिर्घकालिन वितरणको लागी ठुलो खानेपानी योजना र लगानीमा काम भइरहकेको छ ।
त्यसपछी एक ग्रामिण खानेपानी व्यवस्थान विकास पुर्वाधार कम्पनीसंगको सहकार्यमा खानेपानी व्यवस्थापनको दिर्घकालिन गुरु योजना अनुसार निमार्ण भई निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यसरी स्वच्छ,सफा र व्यवस्थित रुपमा धादिङवेशीको खानेपानी समस्या समाधान तर्फ उन्मुख रहेको निलकण्ठपालिकामा आगमी दिगो व्यवस्थापनको रणनीति तथा योजना निर्माण एवं खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डको समग्र समीक्षा” विषयक दुईदिने रणनिति योजना कार्यशालाको आयोजना गरिएको हो ।
नगर प्रमुख भिमप्रशाद ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यशालामा नगरपालिकाकामा कार्यरत विभिन्न जनप्रतिनिधिहरु, स्वास्थ्य शाखालगायत विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारी मित्रहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा हालसम्म नगरपालिका खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डमार्फत भएका कामहरूको समीक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू, खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापन, नागरिकको सहभागिता तथा संस्थागत सुदृढीकरणका विषयमा गहन छलफल गरियो।
कार्यशालाबाट प्राप्त सुझावहरूलाई समेटी रणनीतिक योजना अन्तिम रूप दिने तथा आगामी सन् २०८७ भित्रै नगरपालिकालाई पूर्ण तथा प्रयाप्त खानेपानी उपलव्ध तथा सरसफाई उन्मुख नगरपालिका घोषणा गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गर्ने लक्ष लिएको छ।
यस अभियान केवल नगरपालिकाको मात्र नभई सम्पूर्ण नागरिक, टोल विकास संस्था, उपभोक्ता समिति, संघ–संस्था, राजनीतिक नेतृत्व र सरोकारवाला सबैको साझा अभियानको रुपमा लिइएको छ ।
“स्वच्छ पानी, सुरक्षित सरसफाइ र स्वस्थ वातावरणलाई नागरिकको मौलिक हक र आवश्यकताका रूपमा स्थापित गर्दै निलकण्ठ नगरपालिकालाई स्वच्छ, सफा, स्वस्थ र देशभरका नमुना नगरपालिकाका रूपमा विकास गर्ने उदेस्य रहेको पाईयो ।












प्रतिक्रिया दिनुहोस