आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

जाजरकोट जिल्लामा आज विहान ४१ म्याग्निच्युडको भूकम्प

२०८३ श्रावण २६, मंगलबार मा प्रकाशित ( ६ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
जाजरकोट २६ साउन ।

जाजरकोट जिल्लामा आज बिहान पनि ४१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सैनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेट को समयमा भूकम्प गरिएको हो।

भूकम्पमापन केन्द्रले जनाए अनुसार यो मध्यम खालको भूकम्प भएको बताएको छ। उक्त भूकम्पको धक्का जाजरकोट लगायतका आसपासका. जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

हालसम्म भूकम्पले कुनै भौतिक वा मानवीय क्षति पुर्याएको जानकारी प्राप्त भएको छैन । तर सुरक्षाको टोलिले क्षतिबारे जानकारी लिने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

यसअघि पनि जाजरकोटकै आसपासमा केन्द्रविन्दु बनाएर साना(ठुला भूकम्प जाने क्रम जारी रहेकाले भूकम्पविज्ञहरूले सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस