आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

देशभर नै मनसुन सकृय रहँदा प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

२०८३ श्रावण २७, बुधबार मा प्रकाशित ( १ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ -२७ साउन ।

केही समयदेखी देशभर नै मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै आज दिउँसो हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भु-भागका एक–दुई स्थानमा वर्षा हुन सक्ने सम्भावना छ।

साथै आज राति पनि देशभर सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा तथा अन्य प्रदेशका पनि पहाडी क्षेत्रका एक -दुइ स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑