
बिबियु, नारी वाटिका डटकम
धादिङ २८ साउन ।
काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जसका कारण आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र तथा पहाडी भुभागमा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भूभागका केही क्षेत्रमा मध्यम वर्षाको सम्भावना तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने,त्यस्तै हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
साथै मधेस प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागका एक–दुई स्थान तथा सुदूरपश्चिमको तराईमा एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।












प्रतिक्रिया दिनुहोस