आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

फुकुओकामा अध्ययनरत एक नेपाली छात्राको हत्या

२०८३ भाद्र ४, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ४६६ पटक पढिएको
नारी बाटिका


धादिङ-४ भदौ ।

जापानको फुकुओका भन्ने सहरमा अध्ययनरत एक २५ वर्षीया नेपाली छात्राको रहस्यमय रुपमा हत्या भएको छ ।

केही वर्षअघि फुकुओकाको च्युओ वार्डस्थित कियोकावामा अध्ययन भिसामा जापान गएकी लक्ष्मी राजवंशीको मृत अवस्थामा बुधबार बिहान स्थानीय नाकागावा नाम गरेको एक नदीमा भेटिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार मृतको शवको प्रकृति र घटनास्थलको अवस्थाले फुकुओका प्रान्तीय प्रहरीले यसलाई योजनाबद्ध हत्या भएको हुन सक्ने निष्कर्ष निकाल्दै छानबिनको लागी विशेष अनुसन्धान मुख्यालय नै स्थापना गरेको बताईएको छ ।

जापान प्रहरीले बुधबार बिहान करिब ५ः४५ बजे तेन्जिन ५ चोमेस्थित नाकागावा नदीमा लक्ष्मीको शव घोप्टो परेको अवस्थामा पानीमा तैरिरहेको थियो । उनले टिसर्ट र शर्ट् लगाएकी र खुट्टामा जुत्ता थिएन र साथमा कुनै व्यक्तिगत पहिचान खुल्ने सामान पनि नभेटिएको जनाइएको छ ।

उनको कोठामा प्रहरीले खानतलासी गर्दा रगतका टाटाहरू र छरपस्ट अवस्थामा सामानहरू फेला पारेको थियो भने पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको स्पष्ट कारण खुल्न बाँकी छ  तर मृतकको टाउको र अनुहारमा कुनै गह्रौँ वस्तुले प्रहार गरिएको गम्भीर चोटहरू भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई अन्तिम पटक मंगलबार राति १०ः३० बजे जीवितै देखिएको र उनी आफ्नो पार्ट९टाइम काम सकेर घर फर्किँने क्रममा उनका एक सहकर्मी साथीले देखेका थिए । त्यसपछि उनी सम्पर्क विहीन भएकी र मृतकका साथीले प्रहरीलाई लक्ष्मी हराएको जानकारी गराएका थिए। त्यसकै केही बेरमा उक्त नदीमा शव फेला परेको थियो ।

मृतक राजवंशी सन् २०२३ को मेमा फुकुओकास्थित एक व्यावसायिक विद्यालयमा उच्च शिक्षा अध्ययन भिसामा रोजगारीका लागी जापान गएकी हुन् ।

सुन्दर भविष्यको कल्पनामा जापान पुगेकी लक्ष्मीको ज्यान गएपछि जापानमा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन् ।

फुकुओका प्रान्तीय प्रहरीले लक्ष्मीको सम्पर्कमा रहेका व्यक्तिहरू र घटनास्थल आसपासका सीसीटीभी फुटेजको गहन अध्ययन गर्नुका साथै अपराधीको खोजी कार्यमा तीव्र पारेको छ । ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस