
बिबियु,नारी वाटिका डटकम
धादिङ -१८ भदौ ।
धादिङको धुनीवेशी नगरपालिका अन्र्तरगतमा पर्ने नागढुंगा(नौबिसे सडक खण्डमा सडक भासिएको छ।
उता केही दिनअघि धादिङको कृष्णभिरमा नदी किनारदेखी नै सडक भासिएर सडक अवरुद्ध भैरहेको बेला यता बुधबार विहन नागढुंगा नजिकै पातले वनमा सडक भासिएको े धादिङको सडक विभाग कार्यालयले जनाएको छ । विभागका इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा मात्रै सञ्चालन भएको छ।
यस अघिपनि भिरालो र जोखिमपुर्ण यात्रा गर्नु पर्ने उक्त सडक भासिएपछि हाललाई पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै चल्न दिइएको बताइएको छ। राजधानीबाट यस रुट भएर बाहिर र भित्रने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाइएको छ।
‘सडकको वाल धेरै पुरानो भएको कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै यथार्थ जानकारी हुने सडक विभाग धादिङले जनाएको छ ।
सडक विभागका प्राविधिक टोलीले हाल घटनाको अध्ययन गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस