आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

भोटेकोशीको बिनाशकारी बाढी अपडेट : मृत्यु हुने एक हजार २८२ पुगे

२०८३ भाद्र १९, शुक्रबार मा प्रकाशित ( ४३ मिनेट अघि) ४६६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ -१९ भदौ ।

भदौ १० मा भोटेकोशीको विनाशकारी बाढीमा परेर हालसम्म एक हजार २८२ जनाको शव भेटिएको छ।

उक्त बिनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम छिमेकी देश(भारतमा मा समेत नदीले बगायर लगी भेटिएका एक हजार २८२ जनाको शव फेला पारिएको हो । ले जानकारी दिनु भयो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीमा परी पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन्।

महानिरीक्षक काफ्लेका अनुसार २१ हजार ४०२ जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेको बताउनु भयो ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस