
मनाङ २४ भदौ ।
मनाङदेखी करिब ६१ किलोमिटरको दुरीमा गएको भुकम्पको काठमाडौंमा राम्रैसंग महशुस भएको छ । मंगलबार राति ९ बजेर ५३ मिनेटको समयमा ४.६ म्याग्निच्युडको भूकम्प गएकोे हो।
उक्त भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेश मनाङदेखी करिब ६१ किलोमिटर टाढा नेपाल–चीन सीमा क्षेत्र नजिक ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।
त्यति टाढको क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा प्रत्यक्ष रुपमा महसुस गरिएको बताइएको छ। हिमाली तथा दुर्गम क्षेत्रमा केन्द्रबिन्दु भए पनि भूकम्पका कम्पन टाढासम्म महसुस गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस