
बिबियु,नारी वाटीका डट्कम
धादिङ -२६ भदौ ।
आज देशभर नै मनसुनी वायुको प्रभाव रहेको हुंदा देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज मौसममा सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ।
यस्तै मधेस प्रदेशसहित तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पुर्वानुमान गरिएको छ। यस्तै, मधेस तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति देशभर सामान्यतया बदली रही देशका पहाडी, हिमाली र तराई भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।












प्रतिक्रिया दिनुहोस