
नारी वाटीका डट्कम
रसुवा -२७ भदौ ।
भदौ १० को रसुवा भोटेकोशी नदीको विनाशकारी बाढीमा परी बेपत्ता नागरिकहरुको उद्धार र खाजी कार्यलाई नेपाली सेना,सशस्त्र प्रहरी वल,नेपाल प्रहरीका टोलीले तिब्र पारीरहेका छन् ।
दुई साता अघिदेखी निरनतर खटिएका उद्धारका टाले सुक्रबार प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि टनेलभित्र प्रवेश गरेका हुन्।
हिजो बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर टनेलको प्रवेश द्वारको मुखमै थुप्रिएको भग्नावशेष, ढुंगामुढा, कंक्रिट तथा लेदोका फोहोरहरु पन्छाउने काम सकेर उद्धार टोली टनेलभित्र प्रवेश गरेको हो।
चिलिमे टनेलभित्र प्रवेश गरेर फसेकाहरूको खोजी तथा उनीहरुको अवस्था पहिचानको जानकारी लिने काम भइरहेको छ । अकास्मात आएको उक्त भिषण बाढीले बगाएर ल्याएको बाक्लो लेदो र भग्नावशेष हटाउँदै टनेलतर्फ जाने बाटो खुलाउन समेत उद्धार टोलिलाई कठिन भएको थियो। यद्यपि उद्धार टोलीको अथक प्रयासपछी टनेलभित्र बाटो खुलाएका हुन् ।
अझै पनि निरनतर काममा खटिएका टोलिले टनेलभित्र फसेका श्रमिक तथा अन्य कामदारहरूको अवस्था पत्ता लगाएर सुरक्षित र जिबितै उद्धार गर्ने उद्देश्यले टोलीले खोजी कार्यलाई तिब्र बनाएको हो।












प्रतिक्रिया दिनुहोस