आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

मनसुनी वायुको प्रभाव कायमै,देशका केही स्थानमा भारी वर्षा

२०८३ भाद्र ३१, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ ३१ भदौ ।
हालसम्म देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।जस अनुसार आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशभर सामान्यतया बदली रही कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही भू–भाग, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यसैगरी कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै तराईका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

साथै कोशी प्रदेशका हिमाली, पहाडी र तराई भेग तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस