आज: २०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

मनसुनी वायुको आंशिक प्रभाव,आज देशका केही स्थानमा भारी वर्षा हुने

२०८३ आश्विन २, शुक्रबार मा प्रकाशित ( ८ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -२ असोज ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशभर सामान्यतया बादल लागेको जनाएको छ।

यस्तै दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा हुने सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै आज राति पनि हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस